काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।
यस हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरमा १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
मुनलाईट हाइड्रोपावरको सिन्धुपाल्चोक, जुगल गाउँपालिकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी–ए जलविद्युत आयोजना निर्माणधीन रहेको छ ।