images
images

हकप्रद शेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले गर्यो बुक क्लोज मिति तय


  • 301
    SHARES
  • २०८१ कार्तिक १२ गते सोमबार

    हकप्रद शेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले गर्यो बुक क्लोज मिति तय

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

    कम्पनीले १०ः६.२५६ को अनुपातमा अर्थात् १० कित्ता साधारण शेयर बराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।

    एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटल मार्केट रहेको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।


    images
    images

    Logo