काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद फेरि सतहमा आएका बेला सर्वोत्तम सिमेन्टले बक्यौताबापतको पहिलो किस्ता बुझाएको छ । सर्वोत्तमसँगै विनायक स्पात, नारायणी प्लास्टिकले बक्यौता बुझाएको नेपाल विद्युत् प्राधिकरणको जनाएकाे छ ।
प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते (बिहीबार) भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो । उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालेकाे थियाे ।