images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 365
    SHARES
  • २०८१ कार्तिक ११ गते आइतबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले घटेर २ हजार ६ सय १७ दशमलव ९५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको विहीबार ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशत घटेको छ। 

    आज सबैभन्दा धेरै आइसीएफसीको कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको २१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसीको १८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोपावर रहेका छन् । यस्तै, समृद्धि फाइनान्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। 


    images
    images

    Logo