images
images

बागमतीमा पठाइयो मेलम्चीबाट आएको ८ करोड लिटर पानी


  • 402
    SHARES
  • २०८१ कार्तिक १० गते शनिबार

    बागमतीमा पठाइयो मेलम्चीबाट आएको ८ करोड लिटर पानी

    काठमाडौं । मेलम्चीबाट सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी पानी आएपछि वाग्मती नदीमा पठाइएको छ ।

    मेलम्ची नदीबाट अहिले दैनिक २५ करोड लिटर पानी आइरहेको छ । जसमध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी मंगलबारदेखि काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहानबाट सुरुङमा पठाइएको पानी वितरणको शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा गरेका थिए । बर्खाका कारण बन्द गरेको तीन महिनापछि असोज २२ बाट पानी वितरण गरिएको हो ।

    उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । पर्याप्त पानी भए पनि भौतिक संरचना नहुँदा बढी पानी वाग्मतीमा बगाइएको हो । मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गरेको चार वर्ष बित्न लाग्दा पनि सरकारले काठमाडौं उपत्यकामा निरन्तर पानी पठाउने योजना बनाउन भने सकेको छैन ।


    images
    images

    Logo