images
images

दुई कम्पनीको बुक क्लोज आज, कतिमा हुँदैछ मूल्य समायोजन ? 


  • 1.1K
    SHARES
  • २०७८ कार्तिक २ गते मंगलबार

    दुई कम्पनीको बुक क्लोज आज, कतिमा हुँदैछ मूल्य समायोजन ? 

    काठमाडौं । साधारणसभा प्रयोजनका लागि २ कम्पनीको बुक क्लोज आज हुने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र रिडी हाइड्रोपावरको बुक क्लोज आजदेखि हुने भएको हो । बुक क्लोजसँगै नेप्सेले दुवै कम्पनीको मूल्य समायोजन समेत गर्नेछ । 

    साल्ट ट्र्डिङले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित ५४ वार्षिक साधारणसभा डाकेको छ । रिडी हाइड्रोपावरले भने १२.६ प्रतिशत नगद लाभांश मात्रैको प्रस्ताव गरेको छ । त्यसैले सोमबार भएको ६१७ रुपैयाँको अन्तिम कारोबारबाटै कम्पनीको कारोबार सुचारु हुनेछ । 

    सोमबार साल्ट ट्रेडिङको शेयर ७ हजार ८ सय ८९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो अनुसार २० प्रतिशत बोनस शेयरपछि कम्पनीको शेयरमूल्य ६ हजार ५ सय ७४ रुपैयाँमा समायोजन हुनेछ ।

    साल्ट ट्रेडिङको वार्षिक साधारणसभा कात्तिक १६ गते बिहान ११ बजे कर्पोरेसनको केन्द्रीय कार्यालय कालिमाटीमा हुँदैछ भने रिडी हाइड्रोपावरको साधारणसभा कात्तिक १२ गते बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा हुँदैछ ।


    images
    images

    Logo