काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा सोमबार शेयर बजारमा उच्च गिरावट देखिएको छ । बैंकहरुबीच ब्याजदरलाई दोहोरो अंकमा नपुर्याउने अनौपचारिक सहमतिबीच बैंकहरुले दोहोरो अंकमा ब्याजदर अफर गरेपछि त्यसको असर शेयर बजारमा देखिएको हो ।
सहमतिकै कारण आइतबार शेयर बजार परिसूचक बढेर बन्द भएको थियो । तर, आजदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका सार्वजनिक भएपछि यसले लगानीकर्तालाई हतोत्साहित बनाएको हो । सोमबार कारोबार खुलेको १० मिनेटकै बजार परिसूचकमा ३० अंकको गिरावट आएको छ ।