काठमाडौं । गुराँस लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीले कात्तिक २२ गते धनकुटामा बस्नेगरी छैटौं वार्षिक साधरणसभा बोलाएको हो ।
उक्त साधारणसभामा कम्पनीले यसअघि प्रस्ताव गरेको १६.९० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने प्रस्ताव पारित हुनेछ । साधारणसभाले ४ जना सञ्चालकको नियुक्ति तथा संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा तय गरेको छ ।
साधारणसभा प्रयोजनको लागि कात्तिक ८ गतेदेखि २२ गतेसम्म शेयरधनी किताब खाता बन्द हुनेछ । सो दिन शेयरधनी कायम रहेका व्यक्तिहरु साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।