images
images

असोजमा मात्रै नेपाल भित्रियो ५ करोडको तास


  • 412
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    असोजमा मात्रै नेपाल भित्रियो ५ करोडको तास

    काठमाडौं । नेपालले एक महिनामा ५ करोड रुपैयाँभन्दा बढीको तास आयात गरेको छ । चालू आर्थिक वर्षको असोज महिनामा मात्रै नेपालले ५ करोड ६५ लाख ८९ हजार रुपैयाँको तास आयात गरेको हो ।

    भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालमा कुल ११ करोड ७७ लाख ५३ हजार रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ६०३ थान तास आयात भएको छ । 

    गत भदौ महिनासम्म ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरका २० लाख ७ हजार ८९२ थान तास आयात भएका थिए ।

    नेपालमा सबैभन्दा बढी तास चीनबाट हुने गरेको छ ।

    नेपालमा भारत, बेलायत र अमेरिकाबाट तास भित्रिने गरेको छ ।


    images
    images

    Logo