images
images

यस्तो छ प्रधानमन्त्रीको १०० दिनको उपलव्धिहरु (पूर्णपाठसहित)


  • 481
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    यस्तो छ प्रधानमन्त्रीको १०० दिनको उपलव्धिहरु (पूर्णपाठसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन् । 

    वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उनहरुले पाएको बताए ।
     
    “लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका  छन् । उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड रुपैयाँ निकासा गरेको थियो”, प्रधानमन्त्री ओलीले भने, “करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।”
     
    कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे । 

    उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिए । निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड रुपैयाँ यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

    सरकार गठनको सय दिन पुगेको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ :


    images
    images

    Logo