images
images

निरन्तर दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ९० करोड


  • 409
    SHARES
  • २०८१ कार्तिक ५ गते सोमबार

    निरन्तर दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ९० करोड

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.९९ अकले घटेर २ हजार ६ सय ३९ दशमलव ९२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १९ स्क्रिपको  ५ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८२ प्रतिशत बढेको छ भने कालिका लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।


    images
    images

    Logo