images
images

४३ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ६६ करोड


  • 414
    SHARES
  • २०८१ आश्विन ३० गते बुधबार

    ४३ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ६६ करोड

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । मंगलबार ३१ अंकले बढेको बजार बुधबार पनि ४३ अंकले बढेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२२ अंकले बढेर २ हजार ७ सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ३ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज २ सय ६ कम्पनीको शेयर मूल्य बढेको छ । ३५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीके शेयर मूल्य स्थिर छ । 

    बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिन्छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ।

    यस दिन नेपाल फाइनान्सको सबैभन्दा धेरै १५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख र एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    बुधबार विजय लघुवित्तको शेयर मुल्य ९.३३ प्रतिशतले बढेको छ भने इस्र्टन हाइड्रोपावरको शेयर मुल्य ९.२४ प्रतिशतले बढेको छ । यस्तै, समता घरेलु लघुवित्तको शेयर मुल्य ८.६२ प्रतिशतले बढेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ८.५९ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo