images
images

काठमाडौं महानगरले गुण्डागर्दी गरेर गौशाला धर्मशाला सञ्चालनको अधिकार खासेको धार्मिक संस्थाहरूको आरोप


  • 411
    SHARES
  • २०८१ आश्विन २९ गते मंगलबार

    काठमाडौं महानगरले गुण्डागर्दी गरेर गौशाला धर्मशाला सञ्चालनको अधिकार खासेको धार्मिक संस्थाहरूको आरोप

    काठमाडौं ।  पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसिएको प्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरूले आपत्ति जनाएका हुन् ।

    हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरूबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले पशुपति गौशाला धर्मशालामाथिको आक्रमण मारवाडी समुदायमाथि मात्रै नभई हिन्दूहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमिमाथिको आक्रमण भएको आरोप लगाएका छन् ।

    विश्वभरीबाट आउने हिन्दू श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गौपालन हुँदै गरेको र झण्डै एक सय जना मिर्गौला रोगीको निःशुल्क डाइलेसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएकोप्रति उनीहरूको आरोप छ ।

    कार्यक्रममा उपस्थित पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशालामाथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दू धर्ममा आस्था राख्नेमाथि षडयन्त्रको एउटा सानो शुरुआत भएको बताए । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरूको भर्ती केन्द्र बनेको पराजुलीको भनाइ रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दूहरूले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए ।

    यस कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरूले मारवाडी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए ।

    कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल, विश्व हिन्दू महासंघलगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरू थिए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट घटना सामान्य देखिए पनि भित्रबाट ठूलै षड्यन्त्र भएको बताए । उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली ‘गुण्डा नायक’जस्तै रहेको बताए ।


    images
    images

    Logo