काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रो पावर लिमिटेडमा लगानी गर्ने भएको छ। कम्पनीको असोज २३ गते बसेको संचालक समितिले १० करोड रुपैया उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ।
सुपर खुदी हाइड्रो पावरले प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजना २६ मेगा वाटको परियोजना रहेको छ। १०० रुपैंया को दरले कम्पनीको १०,००,००० कित्ता सेयर उक्त कम्पनीमा लगानी हुनेछ।