काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।
नेपालले यस्तो ऋण आफुले चाहेको समयमा लिन सक्नेछ । केही दिन पहिलेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विश्व बैंकबाट प्राप्त हुने यो ऋण रकमबाट सरकारले संस्थागत क्षमता विस्तार तथा विपत प्रतिकार्यमा खर्च गर्न सकिने विश्व बैंकले जनाएको छ ।
‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने,‘ नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।’
प्राकृतिक प्रभाव, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा विश्व बैंकले यस्तो ऋण दिने गरेको छ । यस्तो ऋण प्रकोप प्रतिरोधात्मक क्षमता बढाउन, प्रभावकारी विपद् व्यवस्थापनकोे लागि संस्थागत संयन्त्रहरुलाई बलियो बनाउन उपयोग हुने गर्छ ।



