images
images

राष्ट्र बैंकबाट स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृति


  • 391
    SHARES
  • २०८१ आश्विन २३ गते बुधबार

    राष्ट्र बैंकबाट स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०८०।८१ को प्रस्तावित लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले मंगलबार स्वावलम्बन लघुवित्तलाई पत्र पठाउँदा प्रस्तावित लाभांशलाई स्वीकृति दिइएको जानकारी गराएको हो।

    अब कम्पनीले वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्नेछ। स्वावलम्बन लघुवित्तले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १४.२५ प्रतिशतले हुन आउने २० करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांश छन् ।

     


    images
    images

    Logo