images
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 341
    SHARES
  • २०८१ आश्विन २३ गते बुधबार

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । दुई कमपनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस लाभांश सुरक्षित गर्ने अन्तिम दिन युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको रहेको छ । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिलिभर नेपालले असोज २८ गतेदेखि बुकक्लोज गर्दैछ भने सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोज गर्दैछ। भोली ९असोज २४ गतेदेखि० असोज २८ गतेसम्म दशैँ बिदाका कारण शेयर कारोबार बन्द हुने भएकोले यी कम्पनीहरुको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    युनिलिभर नेपाल लिमिटेडले कात्तिक १२ गते, सोमबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो साढे ४ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

    त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक १२ गते, सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

     


    images
    images

    Logo