काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३९ अंकले घटेर २ हजार ६ सय ६३ दशमलव ३२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय स्क्रिपको ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ७ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज ३५ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि– इन्स्योरेन्सको १३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन एनआईसी एशिया बैंकको करिब १३ करोडको शेयर कारोबार भएको छ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मिड सोलु हाइड्रोपावर रहेको छ । यस्तै, बुटवल पावरको शेयर मूल्य ६.८३ प्रतिशत र माण्डु हाइड्रोपावरको ६.३१ प्रतिशतले बढेको छ ।



