काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बिहीबार २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेको नेप्से आज ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको हो ।
आइतबार कारोबारमा आएका २४४ कम्पनीमध्ये २१९ वटाको शेयरमूल्य बढेको छ । २२ कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेका छन् ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज १ करोड ५० लाख कित्ता शेयर ६ अर्ब १३ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार साहश उर्जाको भएको छ ।