images
images

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने


  • 291
    SHARES
  • २०८१ आश्विन १९ गते शनिबार

    नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्नेगरी स्थापित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । ग्लोबल इक्वीटी फण्डद्वारा स्थापित यो कम्पनीमा नेपालमा स्थापित इन्सुरेन्स कम्पनीहरुको लगानी रहेको छ ।

    लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ) बीच आईपीओका लागि परामर्श सेवा प्रदान गर्न सहमति भएको छ। लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डका कार्यकारी अध्यक्ष डा। मनीष थापाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

    नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड लिमिटेडले कृषि, नविकरणीय उर्जा, पर्यटन, सूचना प्रविधि (आईसीटी), स्वास्थ्य सेवा र उत्पादन क्षेत्रका कम्पनीहरूमा लगानी गरिरहेको छ ।

    एनआईआईएफ २०७९ साल कात्तिक २९ मा दर्ता भएको थियो र यसको पहिलो लगानी २०७९ साल माघ ५ मा सम्पन्न भएको थियो। यस फण्डको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ छ, जसको २० प्रतिशत शेयर आगामी आईपीओका लागि सुरक्षित राखिएको छ।

    लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल), लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसलाई लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको मर्जरबाट स्थापना गरिएको हो ।


    images
    images

    Logo