images
images

मध्ये भोटेकाशी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन ?


  • 325
    SHARES
  • २०७८ आश्विन २५ गते सोमबार

    मध्ये भोटेकाशी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन ?

    काठमाडौ‌। मध्ये भोटेकाशी हाइड्रोपावर लिमिटेडको साधारण शेयर आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।

    असोज २० गते कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख  कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

    मध्ये भोटेकाशी हाइड्रोपावरले प्रतिकित्ता १०० का दरले ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । जारी गरेको कुल शेयर मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

    आइतबार बेलुका सम्म २१ लाख५९हजार २६ जना लगानीकर्ताले ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड ७७ लाख १ सय ७० कित्तामा आवेदन दिएको सीडीएसले जनाएको छ । । 

    सो शेयरमा सर्वसाधारणले न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । 


    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी आस्वा र बैंकबाट आवेदन दिन सक्नेछन् ।

     

     

     

     

     

     

     

     

     

     

     

     


    images
    images

    Logo