images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 405
    SHARES
  • २०८१ आश्विन १५ गते मंगलबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं ।  दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स र गुँरास लघुवित्त रहेका छन् । 

    महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ५० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ५ रुपैयाँमा भएको थियो ।

    यस्तै, गुँरास लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ५ सय ९१ रुपैयाँ ९५ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार  १ हजार ८ सय १८ रुपैयाँ ८०रुपैयाँमा भएको थियो । 

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo