images
images

४४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 316
    SHARES
  • २०८१ आश्विन १४ गते सोमबार

    ४४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अंकले बढेर २ हजार ५ सय ८ दशमलव ८६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १९ स्क्रिपको ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको ९७ लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका २ सय १० कम्पनीको शेयर मूल्य बढेको छ । ३३ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रशितभन्दा बढी बढेको छ भने अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार १ कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा सीएचडीसी हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन कुमारी सबल योजनाको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। 


    images
    images

    Logo