काठमाडौं । गत हप्ताको बिहिबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल बर्षाले दर्जन बढी जलविद्युत गृह क्षतिग्रस्त बनेका छन् । हालसम्म प्राप्ति तथ्यांकअनुसार १६ वटा जलविद्युत आयोजनामा बाढीपहिरोले क्षति पुर्याएको छ।
बाढीपहिरोले मकवानपुरस्थित मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना क्षति पुगेको छ। यसको पावर हाउस पूण रुपमा डुबेको छ भने विद्युत उत्पादन ठप्प भएको छ।
जसमा मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर हाउस नै पूर्ण रुपमा डुबेको बताईएको छ । यस्तै माउन्टेन हाइड्रो, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला, पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा र साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन् । यी आयोजनाहरु कुनै पुर्णरुपमा डुबानमा परेका छन् भने कसैको हेडवक्र्स र पावरहाउसमा क्षति पुगेको छ ।
यता ३ मेगावाटको माइखोला क्यासकेड ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, १ मेगावाटको फेमे खोला जलविद्युत आयोजना, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजना, ४० मेगावाटको सुपरन्यादी जलविद्युत आयोजना, २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनालगायतमा क्षति पुगेको देखिन्छ ।
यस्तै अविरल बर्षाकै कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना, १० मेवाको हेवाखोला जलविद्युत आयोजना, १५.१ मेवाको सभाखोला बी जलविद्युत आयोजना, ६.३ मेवाको सभाखोला सी जलविद्युत आयोजना, ८६.५९ मेवाको लान्द्रुक मोदी जलविद्युत आयोजना, र १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
कुन आयोजनामा कति क्षति ?
- मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको)
- माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको)
- पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त)
- साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द)
- सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)
- सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति)
- फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति)
- सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति)
- सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)
- इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति)
- माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको)
- हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको)
- सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको)
- सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति)
- लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति)
- सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) ।



