काठमाडौं । बाढी पहिरोमा परेर काठमाडौं उपत्यकामा मात्र ३२ जनाको ज्यान गएको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानका कारण काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३२ जनाको मृत्यु भएको हो । १२ जना वेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।
गृहमन्त्रालयका अनुसार, ललितपुरमा १६, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । ललितपुरका ११ र काठमाडौंबाट एकजना बेपत्ता भएका छन् । त्यसैगरी काठमाडौंमा १०, ललितपुरका ५ र भक्तपुरमा दुईजना घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा चार हजार पाँच सयबढी सुरक्षाकर्मि परिचालन गरेर उद्धार कार्य अघि बढाइएको छ । काठमाडौंबाट ५८९ जना, ललितपुरबाट ४१६ र भक्तपुरबाट ४८ जनाको उद्धार गरिएको जनाइएको छ ।