images
images

दुई कम्पनीको आकर्षक लाभांश घोषणा, बोनस शेयर कति ? 


  • 1.0K
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    दुई कम्पनीको आकर्षक लाभांश घोषणा, बोनस शेयर कति ? 

    काठमाडौं । दुई वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । नेपाल बंगलादेश बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ं० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    बैंकको असोज२४ गते बसेको सञ्चालक समितिको ३७५ बैठकले सो निर्णय गरेको हो । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।

    महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।

     


    images
    images

    Logo