images
images

साधना लघुवित्तको नयाँ शाखा नागार्जुनमा 


  • 441
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    साधना लघुवित्तको नयाँ शाखा नागार्जुनमा 

    काठमाडौं । काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको शनिबार काठमाडौँको नागार्जुनमा शाखा कार्यालय स्थापना गरेको हो । 

    नयाँ शाखाको नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत  रेशम न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरे । 

    कार्यक्रममा सञ्चालक समितिका सदस्य रेग्मीले साधना लघुवित्तले घरदैलोमा बैंकिङ सेवा पुर्याउन महत्वपूर्ण भूमिका र राष्ट्र बैंकले क, ख, ग, घ वर्गका कति बैंक तथा वित्तीय संस्था आवश्यक छ अध्ययन गरेर अनुमतिपत्र प्रदान गर्नुपर्ने उल्लेख गरे । 

    कार्यकारी अधिकृत न्यौपानेले साधना लघुवित्तले चालू आर्थिक वर्षमा १६ शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । “ग्रामीण तथा सहरी क्षेत्रमा वित्तीय सेवासँगै वित्तीय साक्षरता दिन जरुरी छ”, उनले भने । 

    साधना लघुवित्तले चार वर्षको अवधिमा ३१ जिल्लामा ९३ शाखा स्थापना गरी रु तीन अर्ब ८० करोड कर्जा लगानी गरिसकेको छ । उक्त वित्तीय संस्थाले ७७ हजारभन्दा बढी घरपरिवारलाई प्रतक्ष्य वित्तीय सेवा दिँदै आएको छ । 


    images
    images

    Logo