images
images

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान


  • 267
    SHARES
  • २०८१ आश्विन ४ गते शुक्रबार

    अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । 

    राजदूतमा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

    समितिले सूचना जारी भएको १० दिनभित्र समिति सचिवालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । सूचना दिँदा सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने उल्लेख छ । यद्यपि, सूचनादाताले चाहेमा नाम गोप्य राखिने समेत सूचनामा उल्लेख छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाशमा जाँदैछन् । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतले सुनुवाइ प्रक्रिया पूरा भएर प्रधानन्यायाधीश नियुक्त भए १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

    साउन अन्तिममा बसेको मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । त्यस्तै, भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चित्रलेखा यादवदलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

    सरकारले यसअघि अस्ट्रेलियाका लागि कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, इजरायलको राजदूत हुँदा सहयोगीलाई स्वदेश नफर्काएको उजुरी परेपछि उनको ठाउँमा यादवलाई सिफारिस गरिएको हो ।


    images
    images

    Logo