images
images

छिचोलियो ५० मेगावाटको युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग


  • 305
    SHARES
  • २०८१ आश्विन १ गते मंगलबार

    छिचोलियो ५० मेगावाटको युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग

    काठमाडौं । ५० मेगावाट क्षमताको युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग छिचोलिएको छ । करिब ५ हजार ३ सय मिटर सुरुङ मार्गको काम पूरा भएको युनाईटेड मेवा जलविद्युत आयोजनाले जनाएकाे छ । सोमवार ४ हजार ८ सय १.२७ मिटर लामो पानी कुद्ने सुरुङ मार्गको काम पूरा भएको छ । 

    यसअघि पानी थिग्ग्रयाउने ‘अडिट’सुरुङ मार्ग खनी सकिएको छ । अब सुरुङ मार्गको सहित ब्लाष्टिङ पड्काएर गर्नुपर्ने परियोजनाका काम सकिएकाे आयाेजनाले जनाएकाे छ । काम सुरु भएको करिब २५ महिनामा सुरुङ मार्ग सहितका आयोजनाको पूर्वाधारतर्फका अधिकांश काम पूरा भएको र अब सर्किट सहितका कामहरू तीव्र रूपले अघि बढ्ने जनाइएकाे छ । 

    ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन गाउँपालिका परियोजनाको प्रभावित क्षेत्र हो । मिक्वाखोलाको वडा नं १ र ३ आयोजनाको प्रभाव क्षेत्रमा पर्छन् । परियोजनाको पावर हाउस मेरिङदेन गाउँपालिकाको खाम्लुङमा रहने छ । पानी कुद्ने क्षेत्रमा मेरिङदेनकै थुकिमाबाट सुरुङ खनेर ‘अडिट’सुरुङ भने मेरिङदेनकै लिङतेपमा रहनेछ । 

    २०७४ साल साउन १५ गते आयोजनाले विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको थियो । २०८१ साल भित्रै विद्युत् निर्माण कार्य पूरा गरी परीक्षण प्रसारण गर्ने तयारी आयोजनाले लिएको छ ।

    युनाईटेड मेवा जलविद्युत परियोजनाबाट उत्पादन भएको विद्युत् मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा समाहित हुने छ ।

    ताप्लेजुङको मेवाखोलाको पानी उपयोग गरी युनाईटेड मेवा जलविद्युत परियोजना निर्माणाधीन छ । यो खोलाबाट १ सय ५८.७ मेगावाट क्षमताका ५ वटा जलविद्युत परियोजना सञ्चालनका लागि अनुमति प्रदान भइसकेको छ ।


    images
    images

    Logo