काठमाडौं । २० म्युचुअल फण्डले लाभांश दिने घोषणा गरेका छन् । उक्त फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईनीहरुलाई प्रतिफल दिने घोषणा गरेका हुन् ।
२० वटा म्युचुअल फण्डहरुले क्रमशः ५० प्रतिशत ४० प्रतिशत, ३५ प्रतिशत, ३३ प्रतिशत, ३० प्रतिशत, २५ प्रतिशत, २० प्रतिशत, १० प्रतिशत, ५ प्रतिशत र ४ प्रतिशतका दरले कर सहितको लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
५० प्रतिशत लाभांश दिने म्युचुअल फण्ड :
५० प्रतिशत लाभांश दिने म्युचुअल फण्डहरुमा सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईबीएल प्रगति फण्ड र एनआईबीएल सहभागिता फण्ड आदि रहेका छन् , उक्त फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशतका दरले करसहितको लाभांश दिने घोषणा गरेका हुन् ।
४० प्रतिशत लाभांश दिने म्युचुअल फण्ड :
४० प्रतिशत लाभांश दिने म्युचुअल फण्डहरुमा सिटिजन्स म्युचुअल फण्ड – १, सिटिजन्स म्युचुअल फण्ड – २ र नबिल इक्विटी रहेका छन् । उक्त फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई ४० प्रतिशतका दरले करसहितको लाभांश दिने घोषणा गरेका हुन् ।
३५ प्रतिशत लाभांश दिने म्युचुअल फण्ड :
३५ प्रतिशत लाभांश दिने म्युचुअल फण्डहरुमा नबिल ब्यालेन्स फण्ड–२, एनआईबीएल समृद्धि फण्ड–१ र लक्ष्मी इक्विटी रहेका छन् । उक्त फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई ३५ प्रतिशतका दरले करसहितको लाभांश दिने घोषणा गरेका हुन् ।
३३ प्रतिशत लाभांश दिने म्युचुअल फण्ड :
३३ प्रतिशत लाभांश दिने म्युचुअल फण्डमा सानिमा इक्विटी फण्ड रहेको छ । उक्त फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई ३३ प्रतिशतका दरले करसहितको लाभांश दिने घोषणा गरेको हो ।
३० प्रतिशत लाभांश दिने म्युचुअल फण्ड :
३० प्रतिशत लाभांश दिने म्युचुअल फण्डहरुमा एनएमबी फिफ्टी, सिद्धार्थ इक्विटी फण्ड, सिद्धाथ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्षलेन्स फण्ड गरी ५ वटा म्युचुअल फण्ड रहका छन् । उक्त फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई ३० प्रतिशतका दरले करसहितको लाभांश दिने घोषणा गरेको हो ।
२५ प्रतिशत लाभांश दिने म्युचुअल फण्ड :
२५ प्रतिशत लाभांश दिने म्युचुअल फण्डमा लक्ष्मी उन्नती कोष रहेको छ । सो फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई २५ प्रतिशतका दरले करसहितको लाभांश दिने घोषणा गरेको हो ।
२० प्रतिशत लाभांश दिने म्युचुअल फण्ड :
२० प्रतिशत लाभांश दिने म्युचुअल फण्ड एनएमबी हाईब्रिड एल– १ कोष रहेको छ । सो फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई २० प्रतिशतका दरले करसहितको लाभांश दिने घोषणा गरेको हो ।
एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, कुमारी इक्विटी फण्डले ५ प्रतिशत र सानिमा लार्न क्याप फण्डले ४ प्रतिशतका दरले गत आर्थिक वर्षको मुुनाफाबाट कर सहितको लाभांश दिने घोषणा गरेको हो ।




