images
images

तीन कम्पनीको आकर्षक लाभांंश घोषणा, कुनको कति ?


  • 1.5K
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    तीन कम्पनीको आकर्षक लाभांंश घोषणा, कुनको कति ?

    काठमाडौं । तीन वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स, एन आई सी एशिया लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो ।  

    एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५.४१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।

     
    रिलायन्स लाइफ इन्स्योरेन्स, ले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५.२६ प्रतिशतकर सहितको नगद लाभांश दिने घोषणा गरेको हो । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र  इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।

    मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५  प्रतिशत कर सहितकाे नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    असोज १८ गते बसेको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले शेयरनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।

     

     

     


    images
    images

    Logo