images
images

तीन कम्पनीले बाेलाए साधारणसभा, कसले कति दिए बोनस र नगद लाभांश 


  • 2.1K
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    तीन कम्पनीले बाेलाए साधारणसभा, कसले कति दिए बोनस र नगद लाभांश 

    काठमाडौं । तीन वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो । 

    अभियान लघुवित्त वित्तीय संस्था,रिडी हाइड्रोपावर कम्पनी लिमिटेड र खाद्य उद्योग लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो । 

    अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा गर्ने भएको छ । आर्थिक वर्ष ०७७र७८ असार मसान्त सम्मको नाफा–नोक्सान हिसाब, वासलात र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित कम्पनीले साधारणसभा गर्न लागेको हो । 

    सो कम्पनीको साधारणसभा यहि कात्तिक १३ गते शनिबार बिहान ११ बजे पनौती– ४ काभ्रेपलान्चोकमा भर्चुअल माध्यमबाट बस्दैछ । 

    नेपाल खाद्य उद्योग लिमिटेडले साधारणसभा गर्ने भएको छ । १५ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कम्पनीले ४८ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    सो कम्पनीको साधारणसभा यहि कात्तिक १६ गते मंगलबारदिउँसो १ बजे साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड केन्द्रीय कार्यालय कालिमाटी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्दैछ । सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने २५ लाख ८६ हजार रुपैयाँ बराबरको कर सहितको नगद लाभांश दिने भएको छ ।


    रिडी हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित साधारण सभा गर्ने लागेको हो ।

    असोज १४ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त कम्पनीको वार्षिक साधारणसभा कात्तिक १२ गते शुक्रबार बिहान ११ बजे कम्पनी केन्द्रीय कार्यालय थापाथली काठमाडौँमा भर्चुअल माध्यमबाट बस्दैछ । 

    उक्त साधारणसभामा रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने र प्राप्ती बारे विशेष प्रस्ताव पारित गर्नेछ। 

    साधारण सभा प्रयोजनमा लागि कम्पनीले कात्तिक २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधासणसभामा सहभागी हुन पाउनेछन् ।  

     

     

     

     


    images
    images

    Logo