images
images

तीन कम्पनीको साधारणसभाको मिति तय, कसले कति दिए बोनस र नगद लाभांश 


  • 840
    SHARES
  • २०७८ आश्विन १८ गते सोमबार

    तीन कम्पनीको साधारणसभाको मिति तय, कसले कति दिए बोनस र नगद लाभांश 

    काठमाडौं । तीन वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । बोनस शेयर नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो । 

    साधना लघुवित्त वित्तीय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो । 

    साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा गर्ने भएको छ । २५ प्रतिशत बोनस शेयर र १।३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश दिने प्रस्तावसहित कम्पनीले ५ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    सो कम्पनीको साधारणसभा यहि कात्तिक १३ गते बिहान ११ बजे होटल गोरखा बिसौनी, गोरखामा बस्दैछ । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत कर सहितको नगद लाभांश दिने भएको हो । 

    साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखी १३ गते सम्म शेयरधनीहरुको किताब खाता बन्द गर्ने जनाएको छ । यस अनुसार कात्तिक १२ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधासणसभामा सहभागी हुन पाउनेछन् 


    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले साधारणसभा गर्ने भएको छ । २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कम्पनीले ५४ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    सो कम्पनीको साधारणसभा यहि कात्तिक १६ गते मंगलबार बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन ३ करोड ८४ लाख ४ हजार ९ सय रुपैयाँ बोनर शेयर र ५ प्रतिशतका दरले हुन आउने ९६ लाख १ हजार  रुपैयाँ कर सहितको नगद लाभांश दिने भएको छ  

    साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गतेदेखी १६ गते सम्म शेयरधनीहरुको किताब खाता बन्द गर्ने जनाएको छ । यस अनुसार कात्तिक १६ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधासणसभामा सहभागी हुन पाउनेछन् । 

    मोलुङ हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण प्रस्तुत गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारणसभा बोलाएको हो । 

    असोज १२ गते मंगलबार बसेको सञ्चालक समितिको १६ औं बैठकले  कम्पनीको १२ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त कम्पनीको वार्षिक साधारणसभा कात्तिक १२ गते शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, रविभवन, काठमाडौँमा बस्दैछ । 

    सो साधारणसभामा आर्थिक वर्ष ०७७/७८ असार मसान्त सम्मको नाफा–नोक्सान हिसाब, वासलात र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण स्वीकृत गर्ने जनाएको छ । 

     


    images
    images

    Logo