काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा गर्ने भएको छ ।
२५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश दिने प्रस्तावसहित कम्पनीले ५ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
सो कम्पनीको साधारणसभा यहि कात्तिक १३ गते बिहान ११ बजे होटल गोरखा बिसौनी, गोरखामा बस्दैछ ।
साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत कर सहितको नगद लाभांश दिने भएको हो ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखी १३ गते सम्म शेयरधनीहरुको किताब खाता बन्द गर्ने जनाएको छ । यस अनुसार कात्तिक १२ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधासणसभामा सहभागी हुन पाउनेछन्



