images
images

बढ्यो गलैंचाको निर्यात, एकै महिनामा बाहिरियो १ अर्ब ११ करोडको गलैंचा


  • 331
    SHARES
  • २०८१ भाद्र ९ गते आइतबार

    बढ्यो गलैंचाको निर्यात, एकै महिनामा बाहिरियो १ अर्ब ११ करोडको गलैंचा

    काठमाडौं । चालू आर्थिक वर्षको साउनमा नेपालबाट हुने गलैंचाको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा नै गलैंचाको निर्यात १६.८१ प्रतिशतले बढेको हो ।

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा ९५ करोड ६६ लाख रुपैयाँ बराबर रकममा ३७ हजार ८३४ वर्गामिटर गलैंचा निर्यात भएको थियो । आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा उक्त रकममा १६.८१ प्रतिशतले बढेर १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ पुगेको हो । सो अवधिमा ४० हजार ४८१ वर्ग मिटर गलैंचा निर्यात भएको छ । 

    गत आर्थिक वर्षभरिमा नेपालले १० अर्ब ५७ करोड रुपैयाँ बराबर रकममा ४ लाख १४ हजार वर्ग मिटर गलैंचा निर्यात गरेको थियो । 

    नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।


    images
    images

    Logo