images
images

नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नचाहिने


  • 321
    SHARES
  • २०८१ भाद्र ६ गते बिहीबार

    नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नचाहिने

    काठमाडौं । नेपालीले बिना भिसा नै श्रीलङ्का जान पाउने भएका छन् । श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको हो । 

    भदौ १६ गतेदेखि लागू हुने गरी ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो । भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, अष्ट्रेलिया, डेनमार्क, पोल्याण्ड, काजाकिस्तान, साउदी अरेबिया, युएई, नेपाल, इन्डोनेसिया, रुस, थाइल्याण्डका नागरिकका लागि भिसा आवश्यक नपर्ने जनाइएको छ । त्यस्तै, मलेसिया, जापान, फ्रान्स, क्यानडा, चेक गणतन्त्र, इटाली, स्विजरल्याण्ड, अस्ट्रिया, इजरायल, बेलारुस, इरान, स्वीडेन, दक्षिण कोरिया, कतार, ओमान, बहराइन र न्यूजील्याण्डका नागरिकले पनि बिना भिसा नै श्रीलङ्का प्रवेश गर्न पाउनेछन् । 

    ६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम श्रीलङ्का मिररले जनाएको छ । 


    images
    images

    Logo