काठमाडौं । साताको अन्तिम दिन बिहिबार शेयर बजार बढेको छ ।
बजार बढेसँगै तीन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, मैलुङ् खोला जलविद्युत्त कम्पनी र नेपाल फाइनान्स कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो अवधिमा कारोबारमा आएका १०१ वटा कम्पनीको मुल्य बढेको छ ७६ वटा कम्पनीको मुल्य घटेको छ भने ९ वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।