images
images

२०४ अंकको करेक्सन पछि सुधारियो शेयर बजार, बढेन कारोबार 


  • 446
    SHARES
  • २०७८ आश्विन १३ गते बुधबार

    २०४ अंकको करेक्सन पछि सुधारियो शेयर बजार, बढेन कारोबार 

    काठमाडौं । बुधबार २०४ अंकको करेक्सन पछि शेयर बजार सुधारिएको छ । 

    नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ५० अंक बढेर २ हजार ६ सय ६५ दशमलव ९४ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८६ वटा कम्पनीको ५ अर्ब २ करोड बराबरको ९८ लाख कित्ता शेयर कारोबार भएको छ । १७३ वटा कम्पनीको शेयर मुल्य बढ्दा ११ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने २ वटा कम्पनी स्थिर रहेको छ । 

    बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, ट्रेडिङ, म्युचुअल फण्ड,फाइनान्स, माइक्रोफाइनान्स, लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ । 
      
    बजार बढेसँगै अपि पावर कम्पनी र ग्रिन विकास बैंकको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । अपि पावर कम्पनीको सर्वाधिक २२ करोड ६७ लाख कित्ता शेयर कारोबार भएको छ । 

    अपि पावर कम्पनी, कालिका पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्तीय संस्था, युनाइटेड इदीमर्दी हाइड्रोपावर कम्पनी आदिको शेयर मुल्यमा बढेको छ । 

    आज मुल्य घट्ने कम्पनीहरु मेगा बैक, युनिलिभर कम्पनी आदि रहेका छन् ।


    images
    images

    Logo