काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर बाँडफाँटपछि मध्य भोटेकोशीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।
निष्काशन गरिने कुल शेयरमध्ये ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी हुन आउने ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई वितरण हुनेछ ।
सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म न्युनतम १० कित्ता आवेदन दिन सकिनेछ।