काठमाडौं । रिज लाईन ईनर्जीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
असोज १२ गते मंलगबार रिज लाईन ईनर्जी र प्रभु क्यापिटल लिमिटेड बीच शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।



