काठमाठौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार मंगलबार संस्थाको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभांशपछिको शेयर मुल्य समायोजन भएको हो ।
सो वित्तीय संस्थाको बुक क्लोज पछिको शेयर मुल्य १३ सय ८८ दशमलव ४२ रुपैयाँमा समायोजन भएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको अन्तिम कारोबार १६ सय ६६ दशमलव १० रुपैयाँमा भएको थियो ।
कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त कम्पनीको वार्षिक साधारणसभा असोज २३ गते शनिबार बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा बस्दैछ । असोज १ गते बसेको सञ्चालक समितिको ३०० औं बैठकले कम्पनीको बिसौं साधारणसभा गर्न लागेको हो ।
सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफा र गत वर्षको संञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।
यसका साथै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।



