काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार ७५ अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक २.७५ प्रतिशतले घटेको हो ।
बजार खुलेको साढे दुई घण्टामा साढे २ अर्ब रुपैयाँ बराबरको ६१ लाख कित्ता शेयर काराेबार भएको छ । यो अवधिमा कारोबारमा आएका १८४ वटा कम्पनीमा १८१ कम्पनीको मुल्य घटेको छ भने ३ वटा कम्पनीको मुल्य बढेको हो ।
नेप्सेमा पछिल्लो समय गिरावट दर बढिरहेको छ । आइतबार नेप्से करिब ५० अंकले घटेको थियो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।