images
images

कोशी प्रदेश : कुल बजेट खर्च ७७ प्रतिशत, चालू खर्चभन्दा पुँजीगत खर्च धेरै


  • 471
    SHARES
  • २०८१ आषाढ २५ गते मंगलबार

    कोशी प्रदेश : कुल बजेट खर्च ७७ प्रतिशत, चालू खर्चभन्दा पुँजीगत खर्च धेरै

    काठमाडौं । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको तीन चौथाई रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशले ७७ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक गरेको हो । 

    कोशी प्रदेशले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये असार २४ गतेसम्ममा २८ अर्ब ३६ करोड ७८ लाख ७६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । खर्च गरिएको उक्त रकम कुल बजेटको ७७ प्रतिशत हो । 

    चालू आर्थिक वर्षमा कोशीले चालू खर्चका लागि छुट्याइएको बजेट भन्दा पुँजीगत खर्चका लागि छुट्याइएको बजेट धेरै खर्चिएको छ । कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रारम्भिक प्रतिवेदनमा कोशीको चालू खर्च ७५.३५ प्रतिशत र पुँजीगत खर्च ७८.३७ प्रतिशत देखिएको छ । 

    कोशी प्रदेश सरकारले पुँजीगत खर्चका लागि छुट्याइएको बजेटको १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार ७०६ रुपैयाँ खर्च गरेको छ जुन पुँजीगत बजेटको ७८.३७ प्रतिशत हो । चालू आर्थिक वर्षमा कोशीले पुँजीगत खर्चका लागि २० अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

    त्यस्तै, चालू खर्चका लागि छुट्याइएको बजेटको ७५.३५ प्रतिशत रकम खर्च भएको छ । कोशीले चालू आर्थिक वर्षमा चालू खर्चका लागि १५ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेकोथियो जसमध्ये १२ अर्ब ७२ लाख ३१ हजार ९३८ रुपैयाँ खर्च भएको छ । 

    koshi.jpg
    (रकम लाखमा) स्राेत : प्रदेश लेखा नियन्त्रक कार्यालय

    कोशीले चालू आर्थिक वर्षको जेठ महिनासम्ममा २० अर्ब १७ करोड ९ लाख रुपैयाँ कूल खर्च गरेको थियो । कूल खर्चमध्ये चालूतर्फ ६ अर्ब ८७ करोड ३७ लाख, पुँजीगततर्फ १० अर्ब ६ करोड ८९ लाख र स्थानीय तह अनुदान तर्फ ३ अर्ब २२ करोड ८३ लाख रहेको थियो । 

    प्रदेश लेखाको विवरण अनुसार असारमा मात्रै ८ अर्ब बढी भुक्तानी भएको छ । जेठ महिनामा मात्रै कूल खर्चमध्ये सबैभन्दा बढी ४ अर्ब २९ करोड ६ लाख खर्च भएको थियो । वैशाख महिनामा यस्तो खर्च २ अर्ब २१ करोड ७२ लाख थियो । यसअघिका भुक्तानी रेकर्ड असार महिनाले तोडेको छ । 


    images
    images

    Logo