images
images

आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा सरकारको पुँजीगत खर्च ५० प्रतिशत मात्रै


  • 333
    SHARES
  • २०८१ आषाढ २१ गते शुक्रबार

    आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा सरकारको पुँजीगत खर्च ५० प्रतिशत मात्रै

    काठमाडौं । चालू आर्थिक वर्ष सकिन १० दिन मात्रै बाँकी रहँदा सरकारले आधा मात्रै पुँजीगत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष २०८०–८१ को असार २० गतेसम्ममा पुँजीगत खर्चका लागि विनियोजन गरेको बजेटको ५०.१ प्रतिशत मात्रै खर्चिएको हो । 

    चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । असार २० गतेसम्ममा पुँजीगत बजेटको ५०.१ प्रतिशत अर्थात् १ खर्ब ४९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । 

    त्यस्तै, सो अवधिमा चालू खर्चका लागि छुट्याइएको बजेटको कार्यान्वयन भने ७९.६१ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा प्रशासनिक खर्चका लागि ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । असार २० सम्ममा उक्त शिर्षकमा छुट्याइएको बजेटमध्ये ९ खर्ब ३ अर्ब रुपैयाा खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

    वित्तिय व्यवस्थातर्फ सरकारले विनियोजन गरेको बजेटको ७४.२९ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सो शिर्षकमा ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा, बिहीबारसम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ खर्च भएको छ । 

    चालू आर्थिक वर्षका लागि छुट्याइएको कुल बजेटको कार्यान्वयन हालसम्म ७३.५९ प्रतिशतमात्रै रहेको छ । सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । बिहीबार सम्ममा १२ खर्ब ८१ अर्ब रुपैयाँ बजेट मात्र खर्च भएको छ । 


    images
    images

    Logo