images
images

जेठसम्ममा ९ अर्ब ७३ करोडको गलैंचा निर्यात


  • 370
    SHARES
  • २०८१ आषाढ ९ गते आइतबार

    जेठसम्ममा ९ अर्ब ७३ करोडको गलैंचा निर्यात

    काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनासम्ममा ९ अर्ब ७३ करोड रुपैयाँ बराबर रकमको गलैंचा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको निर्यातको विवरणअनुसार ११ महिनाका अवधिमा नेपालबाट ९ अर्ब ७३ करोड रुपैयाँ बराबर रकममा ३ लाख ८५ हजार ५५ वर्ग मिटर गलैंचा निर्यात भएको हो । 

    जेठसम्मको तथ्यांक हेर्दा नेपालबाट निर्यात हुने वस्तुहरुको शिर्ष स्थानमा गलैंचा रहेको छ । भन्सार विभागको वैशाखसम्मको र जेठसम्मको तथ्यांकको तुलना गर्दा जेठ महिनामा मात्रै नेपालबाट ९४ करोड रुपैयाँ बराबरको गलैंचा बाहिरिएको छ । वैशाखसम्ममा नेपालबाट ८ अर्ब ७९ करोड ९६ लाख रुपैयाँको गलैंचा निर्यात भएको थियो । जुन यसपटक बढेर ९ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो । 

    सो परिणाममा गलैंचा निर्यात हुँदै गर्दा नेपालमा ४७ लाख ५३ हजार रुपैयाँ बराबर मूल्यमा २१ हजार ६४९ वर्ग मिटर गलैंचा आयात समेत भएको छ । गलैंचा आयातबाट सरकारले २३ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।


    images
    images

    Logo