images
images

३० प्रतिशत बोनस र लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 574
    SHARES
  • २०७८ आश्विन ४ गते सोमबार

    ३० प्रतिशत बोनस र लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

    भदौ २५ गते बसेको सञ्चालक समितिको ३५८ औं बैठकले ३० औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्न असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। 

    तसर्थ असोज ४ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने बोनस र नगद लाभांश पाउनेछन्।

    उक्त कम्पनीको  साधारणसभा असोज १८ गते सोमबार संस्थाको कार्यालय झम्सिखेलमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्दैछ । 

    सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  

     

     


    images
    images

    Logo