images
images

अझै ५ खर्ब ६९ अर्ब बजेट खर्चिन बाँकी, सरकारले अब दैनिक १९ अर्ब ६५ करोड खर्चिनुपर्ने


  • 435
    SHARES
  • २०८१ आषाढ ३ गते सोमबार

    अझै ५ खर्ब ६९ अर्ब बजेट खर्चिन बाँकी, सरकारले अब दैनिक १९ अर्ब ६५ करोड खर्चिनुपर्ने

    काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब २९ दिनमात्र बाँकी छ। यो अवधिमा सरकारले यो वर्षका लागि भनेर ल्याएको बजेट कार्यान्वयनको अवस्था भने नाजुक रहेको छ। आर्थिक वर्षको ८ प्रतिशतभन्दा कम समय बाँकी रहँदा खर्च भने ६७.६३ प्रतिशत मात्र भएको छ।

    अघिल्लो वर्षको भन्दा पनि न्यून खर्च गरेको सरकारले १७ खर्ब ५१ अर्बको बजेटको ३२.३७ बाँकी २९ दिनमा गर्नुपर्ने छ । सरकारले ल्याएको बजेटअनुसार अबका दिनमा प्रत्येक दिन करिब १९ अर्ब ६५ करोड खर्च गर्नुपर्ने छ। 

    पुँजीगत शिर्षकमा छुट्याइएको बजेटको स्थिति झनै दयनीय छ । कूल ३ खर्ब २ अर्ब ७ करोड विनियोजन भएको पुँजीगत शिर्षकबाट असार २ गतेसम्म १ खर्ब ३४ अर्ब ९७ करोड रुपैयाँमात्र खर्च भएको छ। यसहिसाबले सरकारले अबका दैनिक ५ अर्ब ७६ करोड रुपैयाँ खर्चिनुपर्ने छ ।

    विकास खर्चमात्र होइन । सरकारले यो वर्ष चालु खर्च पनि अपेक्षित गर्न सकेको छैन । चालु वर्षका लागि ११ खर्ब ४१ अर्ब चालु खर्च गर्ने लक्ष्य लिएको सरकारले हालसम्म जम्मा ८ खर्ब २२ अर्ब रुपैयाँमात्र खर्चिएको छ । सरकारले बाँकी २९ दिनमा चालु खर्चका लागि छुट्याइएको बजेटको ३ खर्ब १८ अर्ब खर्चिनुपर्ने छ।

    budget.jpg


    images
    images

    Logo