images
images

चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा कर्णाली प्रदेश सरकारको खर्च ३३ प्रतिशत मात्र


  • 312
    SHARES
  • २०८१ जेठ २६ गते शनिबार

    चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा कर्णाली प्रदेश सरकारको खर्च ३३ प्रतिशत मात्र

    काठमाडौं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले  ११ अर्ब ७ करोड अर्थात ३३ प्रतिशत रकम खर्च गरेको छ । आर्थिक वर्ष सकिन अब एक महिना र केही दिन मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारले खर्च गर्नुपर्ने बजेट भने २२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

    यसमध्ये पूँजीगततर्फ २५ दशमलव ६६ प्रतिशत र चालुतर्फ ४३ दशमलव ७८ प्रतिशत रकम खर्च भएको छ । वैशाख महिनामा मात्रै १ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले जेठ महिनाको १६ दिनमा मात्र झण्डै ८३ करोड खर्च गरेको छ ।

    प्रदेश सरकारको खातामा अहिले करिब २२ अर्ब रुपैयाँ मौज्दात छ । त्यसमध्येको १४ अर्ब विकास बजेट खर्च हुन सकेको छैन । सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अझै ९ अर्ब ७ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३ अर्ब २६ करोड रुपैयाँ खर्च गर्न बाँकी छ । अन्य मन्त्रालयमा पनि बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ । 


    images
    images

    Logo