images
images

५ करोड २५ लाख रुपैयाँको थियो नेपालको पहिलो बजेट, के–के थिए व्यवस्था ? (पूर्णपाठ)


  • 513
    SHARES
  • २०८१ जेठ १५ गते मंगलबार

    ५ करोड २५ लाख रुपैयाँको थियो नेपालको पहिलो बजेट, के–के थिए व्यवस्था ? (पूर्णपाठ)

    काठमाडौं । आज संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन् । नेपालमा पहिलो बजेट २००८ सालमा आएको थियो । नेपालमा बजेट प्रस्तुत गर्ने थालिएको ७२ वर्ष भएको छ ।

    प्रधानमन्त्री मातृकाप्रसाद कोइराला रहेका त्यस बेला तत्कालीन अर्थमन्त्री शुवर्ण शमशेर राणाले ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट ल्याएका थिए । नेपालको पहिलो बजेटमा कुल ३ हजार ४ सय ८९ शब्द थियो, जुन अर्थमन्त्री शमशेरले १५ मिनेट लगाएर वाचन गरेका थिए ।

    ३६ पेजमा समेटिएको बजेटले राजदरबारका लागि ५ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । मन्त्री र नेपाल सरकार सचिवालयका लागि ३२ लाख ४० हजार, कर्मचारीको तलबका लागि २० लाख र सेनाका लागि २७ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

    निर्वाचनका लागि ३ लाख २३ हजार रुपैयाँ बजेट छुटाइएको बजेटमा उल्लेख गरिएको छ ।


    images
    images

    Logo