images
images

वैशाखसम्ममा सार्वजनिक ऋण करिब २४ खर्ब, १० महिनामा सरकारले लियो थप ९८ अर्ब


  • 416
    SHARES
  • २०८१ जेठ ९ गते बुधबार

    वैशाखसम्ममा सार्वजनिक ऋण करिब २४ खर्ब, १० महिनामा सरकारले लियो थप ९८ अर्ब

    काठमाडौं । नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनासम्ममा नेपालले भुक्तानी गर्न बाँकी ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो । 

    भुक्तानी गर्न बाँकी रहेको मध्ये ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण र १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बाह्य ऋण रहेको कार्यालयको तथ्यांकमा जनाइएको छ । सो अवधिमा नेपालले २ खर्ब ३३ अर्ब रुपैयाँ ऋण तिरेको छ ।  जसमध्ये आन्तरिक ऋणको सावाँब्याज गरि १ खर्ब ९४ अर्ब रुपैयाँ र बाह्य तर्फको सावाँब्याज गरि ३८ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरिएको उल्लेख गरिएको छ । 

    चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारले थप २ खर्ब १८ अर्ब ६६ करोड रुपैयाँ ऋण लिएको छ । गत असार मसान्तसम्म तिर्न बाँकी कुल ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेकामा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थपिएको हो । त्यसमध्ये १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण रहेको तथ्यांकमा छ । 


    images
    images

    Logo